सित्तैमा पाएपछि कसले झिक्ने सुको

सित्तैमा पाएपछि कसले झिक्ने सुको
सुन्नुहोस्

लगानी करोडमा, आम्दानी हजारमा ! तैपनि यही घाटाको व्यापार गर्न निर्माताहरू अग्रसर छन् । कस्तो विरक्तलाग्दो स्थिति भने पचास लाखमा बनेका केही फिल्मले २ लाखसम्म उठाएको भेटिन्छ । त्यही पनि ‘आलु खाएर पेडाको धाक लगाउने’क्षेत्रको रूपमा चर्चित छ नेपाली सिने जगत् । 

०७९ साउनदेखि ०८० असोज मसान्तसम्म झण्डै ६ दर्जन नेपाली सिनेमा रिलिज भएछन् । तीमध्ये एक दर्जन बाहेक अधिकांशले पोष्टरको पैसा पनि उठाउन सकेनन् । तर तिनै फिल्म युट्युबमा लाखौं लाखले हेरेर युट्युबको ट्रेन्डिङमा चढेको भेटिन्छ । 

जस्तो : दश दिनअघि मात्र युट्युबमा रिलिज भएको ‘सम्हालिन्छ कहिले मन’ लाई ३४ लाखभन्दा बढीले हेरेका छन् । जबकि यही सिनेमा हलमा प्रदर्शन हुँदा दर्शकको खडेरी नै परेको थियो । चलचित्र विकास बोर्डकाअनुसार गत वर्ष सम्हालिन्छ कहिले मन रिलिज हुँदा १ लाख २६ हजार ५ सय ४९ वटा टिकट बिक्री भएको थियो । त्यही सिनेमालाई युट्युबमा हेर्ने दर्शकको संख्या १ करोड २१ लाखभन्दा बढी रह्यो । यस्तै, हलमा पानी पनि भन्न नपाएको ‘ग्याङस्टर ब्लुज’लाई युट्युबमा ६३ लाखभन्दा बढीले हेरेका छन् ।

‘सिवानी’ ले जम्मा पाँच वटा टिकट बेचेर पाँच सय २० रूपैयाँ कमाएछ । यही चलचित्रलाई युट्युबमा ५८ हजारले हेरेका छन् ।

उस्तै स्थिति हो निरक पौडेलद्वारा निर्देशित चलचित्र ‘होमवर्कको । यो चलचित्रलाई ६२ लाखभन्दा बढीले युट्युबमा हेरेका छन् । यस्तै गत वर्ष रिलिज हुँदा हलमा ९ हजार ६ सय १७ वटा मात्र टिकट काटिएको छड्केलाई युट्युबमा २९ लाख ४५ हजारभन्दा बढीले हेरिसकेको भेटिन्छ । बक्स अफिसको तथ्यांकअनुसार चलचित्र दुई नम्बरीले ४० हजार टिकट बिक्री गरेको थियो तर यही सिनेमालाई युट्युबबाट हेर्नेको संख्या ९८ लाख ७८ हजार थियो । यस्तै, खड्का फिल्मसको ब्यानरमा निर्मित ‘सिवानी’ ले जम्मा पाँच वटा टिकट बेचेर पाँच सय २० रूपैयाँ कमाएछ । यही चलचित्रलाई युट्युबमा ५८ हजारले हेरेका छन् ।

यस्तै, चन्द्र पन्तले निर्माण गरेको ‘रण’ ले ४२ वटा टिकट बेचेर तीन हजार पाँच सय ९६ खुद आम्दानी गरेको चलचित्र विकास बोर्डले जनाएको छ । यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस टु क्रियसनको ब्यानरमा सुनिल श्रेष्ठले निर्माण गरेको नरसिंहाले ४९ टिकट बेचेर चार हजार आठ सय ३२ कमाएको बक्स अफिसको रेकर्ड छ । आर सोनम मोक्तान र लंकामाया मोक्तानका अलावा करणबहादुर विष्टहरूको लगानीमा बनाइएको चोर र पुलिसले एक सय चार टिकट बेचेर १८ हजार सात सय २५ आर्जन गरेको थियो । 

यस्तै, खेमराज अधिकारी र रोजिता तामाङको लगानीमा बनेको सरी ममले २३ हजार सात सय ५२ लगानी उठाउँदा मौनता श्रेष्ठले बनाएको आँधी तुफानले २८ हजार चार सय मात्र कमाएको विवरण भेटिन्छ । यीमध्ये अधिकांश चलचित्र युट्युबमा रिलिज भइसकेका छन् । जसले हलमा निराशाजनक व्यापार गरेको थियो त्यही चलचित्र युट्युबको ट्रेन्डिङमा चढेको भेटिन्छ । वर्षभरीमा सयौं चलचित्र बन्ने, तीमध्ये एकाधबाहेक अरूले लगानी नै उठाउन नसक्ने विरहलाग्दो स्थिति छ नेपाली सिने क्षेत्रको । तिनै फिल्मलाई हलसम्म पुगेर हेरिदिने दर्शकको खडेरी लागिरहेको बेला सित्तैमा युट्युबमार्फत लाखौं होइन करोडौं पटकसम्म दर्शकले हेरिदिएको भेटिन्छ । यसरी करोडौं खर्चेर बनाइएका सिनेमाले हलमा दर्शक नपाउने तर सित्तैमा यु्ट्युबमा हेर्न पाइने भएपछि पत्रपत्रिका र टिभीको हालत पनि उही हो । स्थिति यस्तो पनि आयो कि सिनेमा युट्युबमा चलेर मख्ख हुनुपर्ने । तर त्यसबाट न त निर्मातालाई केही फाइदा पुग्ने न त कलाकारलाई नै !
 

टिप्पणीहरू