कम्युनिष्ट सकिन कतिबेर लाग्छ र कठै !
अन्तको त भन्न सकिन्न तर नेपालमा कम्युनिष्टको पतन कम्युनिष्ट पार्टीको नेतृत्वबाटै हुने गरेको ठोकेरै भन्न सकिन्छ । कस्तो बिचित्रको दोग्ला चरित्र रहेछ, द्वैध चरित्र रहेछ भने ‘...लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो । ती गाउँको छट्टुभन्दा पनि छट्टु देखिन्छन् ।
बुर्जुवाहरूले समेत कुरीकुरी गर्न सक्ने तहमा स्खलित भइसकेका यिनीहरूलाई कम्युनिष्ट पार्टीको नेता भन्न लाज लाग्ने अवस्था बनेको छ । बुर्जुवाहरूले बरु सादा जीवन उच्च विचार भनेर कुरा गर्न सक्छन् तर नैतिक रुपले यो भन्न नसक्ने अवस्…