धान्नै गाह्रो भो हाकिमहरूलाई

धान्नै गाह्रो भो हाकिमहरूलाई
सुन्नुहोस्

सशस्त्र प्रहरीको गुल्ममा बारम्बार हुने माथिल्लो तहको निरीक्षणले कार्यसम्पादनमा नकारात्मक असर पुगेको गुनासो सम्बन्धित अधिकृतहरूले गरेका छन् ।

हेडक्वार्टर, बाहिनी र गणबाट निरीक्षणका क्रममा हुने खर्च र खातिरदारीका कारण समस्या परेको हो । हल्चोकले वर्षको कम्तिमा ३ पटक नियमित गुल्म निरीक्षण गर्ने, बाहिनीपति पनि एक दुई महिनाको अन्तरालमा आइरहने र गुल्मको हालचाल बुझ्न एसएसपी महिनैपिच्छे धाउने भएपछि माथिल्लो तहका हाकिमहरूको खातिरदारीको खर्च व्यहोर्न कठिन भएको छ ।

निरीक्षण टोलीलाई स्वागत गर्ने, ख्वाउने पियाउने, सवारी साधनमा तेल हाल्ने, सके उपहार पनि दिनुपर्ने, गुल्मभित्र बस्ने उपयुक्त सुविधा नभएकाले राम्रो होटल बुकिङ गरी राख्नुपर्ने बाध्यता भएपछि गुल्मपतिहरूको रोइकराइ शुरु भएको छ । यस्तो खर्च गर्न बजेट नहुने र अख्तियारी पनि नहुने भएपछि तलव जति हाकिम रिझाउँदै खर्च हुने अवस्था रहेको छ । 

हालै मात्र मेचीदेखि महाकालीसम्का शिक्षालयको निरीक्षण सकेर डिआइजी गणेश ठाडा मगर काठमाडौं छन् । उनीसँग एसएसपी, एसपी, डिएसपी र इन्स्पेक्टर गरी ६ जना उच्च अधिकृतको टोली सम्मिलित थियो । सो टोलीलाई सशस्त्र प्रहरी महानिरीषकबाट सकेसम्म बाहिर होटल वा अन्यत्र नबस्न, गुल्म वा शिक्षालयभित्रै बस्न उर्दी जारी भएको थियो । तर पूर्व क्षेत्रको निरीक्षणपछि मध्यक्षेत्र घुम्ने क्रममा टोलीका केही सदस्यले वीरगञ्जमा आइजिपीको निर्देशन नाघेको बताइन्छ । 

– भुक्तभोगी लेखापालहरु
 

टिप्पणीहरू