सेनाले बाटैभरि विष्फोटकका बाकस खसालेपछि...

सेनाले बाटैभरि विष्फोटकका बाकस खसालेपछि...

नेपाली सेनामा डिटोनेटरसहितको विष्फोटक पदार्थले भरिएका आठ बाकस पूर्वपश्चिम राजमार्गमा खसाल्दै हिँडेपछि सेनाको काम गर्ने शैलीमाथि प्रश्न उठ्न थालेको छ ।

घटना फागुन १५ गतेको हो । धनकुटास्थित हिले बाहिनीअन्तर्गत सुनसरीमा रहेको श्रीकृष्ण दलका सैनिकहरूले टु इञ्च मोर्टार फायरिङ अभ्यासपछि फर्कंदै गर्दा सडकभरि डिटोनेटरसहित विष्फोटक पदार्थले भरिएको ८ वटा बाकस खसाल्दै हिँडेका छन् । सप्तरीको रुपनी गाउँपालिका सीतापुर इलाकामा रहेको २ फायरिङबाट अभ्यास समाप्त गरी फर्कंदा यस्तो लापरवाही देखिएको हो ।

बाँकी  डिटोनेटरसहितको विष्फोटक पदार्थ भएको बाकस पिकअप बोलेरोमा लादेर सैनिकहरू फर्किएका थिए । त्यसक्रममा गाडीको पछाडिको डाला खुलेर ती बाकस अग्निसाइन कृष्ण सरवन गाउँपालिकामा पर्ने पूर्व पश्चिम राजमार्गको बायाँ भागमा खस्दै गयो ।

५ वटा सैनिक ट्रक पछिपछि आए पनि तिनले बाकस खसेको पत्तै पाएनन् । पिकअप र ट्रकहरू सोझै कृष्णदल गण सुनसरीमा पुगे । त्यहाँ पुगेर हेर्दा विष्फोटक पदार्थको बाकस देखेनन् । यो घटनाले बाहिनीपति रनाहामा परे र लेफ्टिनेट कर्णेल अमित लामाको नेतृत्वमा बाकस खोज्न पठाए ।

कर्णेल लामा सप्तरीका गाउँ तथा नगरपालिकामा जडित सिसिटिभी क्यामरा खोज्दै चारतिर धाए । ३ दिनसम्मको धुइँपत्ताल खोजपछि ती आठ वटै बाकस राजमार्गको बायाँ किनारमा १८ गते राति पौने सात बजे फेला परे र स्थानीय जनप्रतिनिधिको रोहवरमा सेनालाई जिम्मा लगाउने काम भएको छ । हराएको सबै डेटोनेटर फेला नपरेकाले अझै पनि कुकुर लगाएर खोजी कार्य जारी छ ।

यी डिटोनेटर गलत मान्छे वा समूहले भेटे भने यसले गम्भीर क्षति पु¥याउन सक्थ्यो । सर्वसाधारणले जिज्ञासावश ती सामग्री आगोमा हालेका भए बारामा जस्तै ज्यानै जान सक्थ्यो । केही दिन अघिमात्रै सेनाले लिलाम गरेका कवाडी सामानको थुप्रोमा रहेको तोपजस्तो विष्फोटक पदार्थले भरिएको फलाम खोतलखातल गर्दा बाराको मेकानिकल ग्यारेजमा काम गर्ने तीन जनाले अनाहकमा ज्यान गुमाउनुपरेको थियो ।

ग्यारेजमा खोतलखातल गर्ने क्रममा विष्फोट भएको सो सामग्री फास्टट्रयाक बनाउने क्रममा सेनाले प्रयोग भएका सामग्री भएको बताइन्छ । ती सामग्री लिलाममा किनिएको दावी गरिएको छ । 

– रमेश गौतम, जितपुर

 

टिप्पणीहरू