मागेजति मन्त्रालय नपाए सरकारमा जाँदैनौं : झलनाथ खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले मागेजति मन्त्रालय नपाए सरकारमा सामेल नहुने बताउनुभएको छ । एकीकृत समाजवादी पार्टीले खेलेको अहम् भूमिकाबाट नयाँ सरकार निर्माण भएको उल्लेख गर्दै नेता खनालले भन्नुभयो, ‘हाम्रो योगदानलाई बेवास्ता गरे एकीकृत समाजवादी सरकारमा सहभागी हुँदैन ।’
कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नरहेको दाबी पनि उहाँले गर्नुभएको छ । ‘तर आशा गरौँ यो सरकार लामो समय टिकोस्,’ उहाँले भन्नुभय…