महन्थहरु मन्त्रीका लागि तम्तयार

महन्थहरु मन्त्रीका लागि तम्तयार

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । सरकारमा जान विगतदेखि नै प्रयासरत सो पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको क्याविनेटमा सहभागी हुने निर्णय गरेको हो । 

१० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि नेता शरदसिंह भण्डारीले जानकारी दिए । यसका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । 

प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्न बसेको पुस १० गतेको बालकोट बैठकमा छुटेको लोसपाले पुस २६ गते विश्वासको मत दिएको थियो । सरकारमा जाने बाटो खोल्न विश्वासको मत दिएपनि प्रधानमन्त्रीको प्राथमिकतामा नपरेपछि काँग्रेससँगै प्रतिपक्षी बेञ्चमा रहेको सो पार्टी चैत ६ गते दोस्रो पटक विश्वासको मत दिएर सत्तापक्ष भैसकेको छ । 

राष्ट्रपति निर्वाचनको सन्दर्भमा कांग्रेस-माओवादीको पुरानै गठबन्धन ब्युँतिएपछि लोसपालाई सरकारमा जाने बाटो थप क्लिएर भएको हो । गठबन्धनको भागबण्डामा चार सिटे लोसपालाई यौटा मन्त्रालय भाग परेको बताइएको छ ।

टिप्पणीहरू