जनता डराउने दिन गएकाले अब प्रधानमन्त्री डराउनुपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक नेतृत्वले जनतालाई तर्साउने दिन सकिएको बताएका छन् । उनले अबका दिनमा जनताको सट्टा प्रधानमन्त्री डराउनुपर्ने अवस्था आएको पनि उल्लेख गरेका छन् । 

सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले समय परिवर्तित भएकाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको उल्लेख गरेका हुन् । सांकेतिक रुपमा प्रधानमन्त्रीको कार्यशैलीप्रति असहमति जनाउँदै उनले भने, ‘नागरिक तर्साउने कुरातर्फ होइन मुलुक र जनताको विकासतर्फ लाग्नुपर्छ ।’

उनले प्रधानमन्त्रीलाई आफूले धेरै पटक नागरिकलाई नतर्साउन अनुरोध गरेको पनि उल्लेख गरे । ‘अब प्रधानमन्त्री डराउनुपर्छ । त्यसो भयो भने बल्ल सर्वसाधारण डरबाट मुक्त हुनेछन्,’ थापाको भनाइ छ ।

उनले हालै प्राप्त १ सय ७२ जना सांसदको समर्थनमा ढुक्क नरहन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाएका छन् । त्यहि बहुमत सांसदको अंकमा ढुक्क हुँदा अन्तिममा कोही पनि नहुन सक्ने सचेत रहन थापाको सल्लाह छ ।
 

टिप्पणीहरू