फोनमा बोल्नेहरु,महरा बनिएला,होशियार !
चार दशक लामो राजनीतिक यात्रामा संघर्ष र सफलता दुबैलाई नजिकबाट अनुभूत गरेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा जीवनको उत्तरार्धमा आइपुग्दा दोस्रोपटक प्रहरी हिरासतमा पुगेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धान क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बिहान उनलाई कपिलवस्तुबाट गिरफ्तार गरेको हो ।
भैरहवा हुँदै रोल्पा जाने क्रममा रुपन्देही प्रहरीले पिछा गर्दै कपिलवस्तुलाई खबर गरेपछि पकडीको सडकमा ब्यारिकेड खडा गरेर समातिएका उनलाई जहाजमा राखेर काठमाडौँ ल्याइएको छ ।…