लुटिएको बैंकको पैसा खोज्दा हज्जारौं डलर बरामद
खुर्कोटबाट गए राति प्रहरीले ६० हजार अमेरिकी डलर बरामद गरेको छ । पूर्वतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको सुमो गाडीबाट ६० हजार डलर सहित करिब १ करोड रुपैयाँ बराबरको रकम फेला परेको हो ।
सिन्धुलीको घ्याङ्लेखस्थित एसबिआई बैंक लुटपाट भएपछि खुर्कोट प्रहरीले प्रत्येक सवारीसाधनमा झोला खोलेर कडाइका साथ जाँच गरेको थियोे ।
हाल सिन्धुली प्रहरीको सम्पूर्ण जनशक्ति बैंक लुटपाटको अनुसन्धानमा खटिएकोले डलर बरामद भएको घटनाबारे आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । डलर बोकेको गाडी र सम्बन्धित व्यक्ति खुर्कोट प्रहरीको नियन्त्रणमा छन् ।
टिप्पणीहरू