जेनेजीहरुद्वारा बैंक लुटिएको पुष्टि

जेनेजीहरुद्वारा बैंक लुटिएको पुष्टि

गएराति सिन्धुलीको घ्याङ्लेखस्थित एसबिआई बैंक लुटपाटमा संलग्न ४ जना जेनजी पुस्ता पक्राउ परेका छन् । उनीहरू सोही गाउँपालिकाको वडा नं. १,सुकाचुरीबाट समातिएका हुन् । आज बिहान स्थानीय एक पसलमा चाउचाउ र रेडबुल किन्न आएको नौलो व्यक्ति देख्नासाथ स्थानीयले घेरा हाली प्रहरीको जिम्मा लगाएका थिए ।

४ जनामध्ये ३ जनाको हाल बयान लिइँदै छ भने १ जनालाई जंगलमा लुकाइएको पैसा खोज्न लगिएको छ । लुट्न प्रयोग भएको गाडी र चालक गत राती नै पक्राउ परिसकेका छन् । प्रारम्भिक बयानका आधारमा २ जना स्थानीयको समेत संलग्नता रहेको आशंका छ ।

बैंक कर्मचारीको बयानअनुसार राति करिब ८ बजे कर्मचारीको कन्चटमा पेस्तोल देखाएर बैंकको भल्ट खोल्न लगाइएको थियो । बैंकबाट चोरी भएको ३ करोड ७ लाख रुपैयाँमध्ये हालसम्म करिब १ करोड रुपैयाँ फेला परेको छ ।

कम कारोबार हुने गाउँमा रहेको बैंक शाखामा धेरै रकम रहेको मौका छोपी लुटपाट गरिएको र लुटेराले बैंकसम्बन्धी हरेक सूचना पहिल्यै पाएको देखिन्छ । लुटेरा पक्राउ परेसँगै बैंक लुटपाटका धेरै रहस्य खुल्ने अनुमान गरिएको छ ।
 

टिप्पणीहरू