क्रान्तिकारीका नेतालाई थुन्न अदालतको अनुमति

क्रान्तिकारीका नेतालाई थुन्न अदालतको अनुमति
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा समातिएका अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । 

शुक्रबार काठमाडौँबाट पक्राउ परेका र भोलिपल्ट रुपन्देही लगिएका उनलाई थुनामै राखेर अनुसन्धान गर्न आज रुपन्देही जिल्ला अदालतले अनुमति दिएको हो । 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेशमाथि गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको बुटवलको सुप्रिम सहकारीको ७८ करोड रकम हिनामिना गरेको आरोप छ । ग्यालेक्सी टेलिभिजनमा हुँदाका बखत रविको व्यावसायिक पार्टनरसमेत रहेका ठगीका मुख्य नाइके जिबी राईसँग मिलेर करोडौँ रकम अपचलन गरेको उजुरीका आधरमा दिपेश पक्राउ परेका हुन् । 

बचतकर्ताले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा दिएको उजुरीको आधारमा सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवा शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । 

मुख्य आरोपित जिबी र सहकारीका व्यवस्थापक सागर केसी भने अझै फरार छन् ।

टिप्पणीहरू