मन्त्रीहरु भैंसेपाटी सरेपछि पुल्चोकमा खेलाडी बस्ने कि न्यायाधीश ?
ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरलाई राष्ट्रिय खेलाडीहरुको निवास बनाउने दावी गरिएको छ । भैंसेपाटीमा मन्त्रीहरुको आवास निर्माण भएपछि हालको मन्त्री क्वार्टरलाई खेलाडीको निवास बनाउने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका हुन् ।
आरबीबी एनभिए च्याम्पियनसिपको कार्यक्रममा बोल्दै श्रेष्ठले पुल्चोकस्थित मन्त्री निवास खालि भएपछि त्यहाँ खेलाडीलाई सार्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्रस्ताव अघि बढाउने बताए । दुई महिनाअघि राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ…