भाउजूको भनसुन त कति हो कति !
मर्मतका लागि पठाइएको नेपाली सेनाको एउटा हेलिकप्टर ( एनए– फिफ्टी सिक्स) मुम्बईको बन्दरगाहमा वर्ष दिनदेखि अलपत्र छ भने फिफ्टी सेभेनलाई पनि त्यसरी नै कुदाउन ठिक्क पारिएको छ । रुसनिर्मित एम आई १७ हेलिकप्टर भारतमा लगेर मर्मत गर्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजुले विशेष भूमिका निभाएको चर्चा छ ।
निर्माता रुसी कम्पनीको आफ्नो कुनै जिम्मेवारी नरहने चेतावनीका बाबजुद हेलिकप्टर खोलखाल पारी ट्रकमा हालेर लगिएको थियो । सो हेलिकप्टर मर्मत कार्यको रेखदेख गर्न गए…