व्यवस्थाको विकल्पमा अनुकूल परिस्थिति बनेको वैद्यको दाबी
क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मोहन वैद्यले राज्यसत्ताको विकल्पको खोजी गर्ने बेला आएको बताएका छन् ।
सत्तारुढ दल र सरकारप्रति जनतामा आक्रोश बढदै गएकाले व्यवस्थाको विकल्प खोज्नेहरुका लागि अहिले अनुकूल परिस्थिति बनेको दाबी गरेका हुन् । आजदेखि काठमाडौंमा शुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै वैद्यले यसलाई क्रान्तिकारीहरुले उपयोग गर्नुपर्नेमा जोड दिए ।
कम्युनिष्ट आन्दोलन अहिले कमजोर अवस्थामा रहेको स्वीकार गर्दै उनले अहिलेको परिस्थिति हेर्दा आगामी दिनमा…