ताप्लेजुङमा पालिका केन्द्रित निर्वाचन
कमल भट्टराई
प्रतिनिधिसभा २०८२ फागुन २१ मा हुने चुनावका लागि ताप्लेजुङमा पालिका केन्द्रित चुनाव हुने भएको छ ।
ताप्लेजुङका ९ वटा पालिकाहरु रहेकोमा प्रमुख दलहरुले सिरिजंघा गाउँपालिकाबाट मात्र उमेरदवारहरु उठाउने निर्णय गरेपछि यस चुनावलाई रोचक ढंगले हेरिएको छ ।
नेपाली काँग्रेसले गजेन्द्र तुम्याहाङ, नेकपा एमाले क्षितिज थेवे, नेपाली कम्युनिष्ट पाटी खेल प्रसाद बुढाक्षेत्री (पराग) रासपा विरेन्द्र श्रेष्ठ चारै जना सिरिजंघा गाउँपालिकाबाट उमेदवार बने पछि निर्वाचन अझ रोचक बन्ने स्थानीयहरुको भनाई छ ।
नेकपा एमालेबाट यस पहिले दुई पटक विजयी बनेका पाटीका जिम्मेवार नेता उपमहासचिव योगेश भट्टराई समेत ५ जनाको जिल्ला कमिटीबाट नाम सिफारिस भए पनि केन्द्रबाट क्षितिज थेवेको नाम निर्णय भएपछि एउटै गाउँपालिका भित्रका उमेदवारहरु परेका हुन् ।
प्रतिस्पर्धामा रहेका चार दलहरुको आफ्नो पालिकामा कडा प्रतिष्पर्धा हुने बताएका छन् ।
टिप्पणीहरू