कमरेड,किन खोसियो मेरो टिकेट ?
हिजो ममाथि जे घट्याे,सम्भवत: यस्ताे कसैमाथि भएन होला । पार्टी अध्यक्ष कमरेड केपी ओलीको अध्यक्षतामा बसेकाे सचिवालयले अस्ति राती मलाई टिकट दिने निर्णय गर्यो ।राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाले बझाङकाे प्रतिनिधिसभा उम्मेद्वार ओपिलाल ओखेडा भनेर लेखे ।
मैले सारा जीवन नेकपा एमालेकाे राजनीतिमा बिताएर दुर्गम र पिछडिएकाे क्षेत्रकाे बिकास र अधिकारकाे लागि लडेकाे पार्टीले मूल्यांकन गरेकाे महसुस भयाे । प्रतिष्पर्धी राजनैतिक पार्टीहरुका नेता,कार्यकर्तादेखि सबै तह र तप्काका मानिसबाट बधाई र शुभकामनाले निथ्रुक्क भिजियाे ।
म,मेराे परिवार,मेरा साथीभाइ,शुभचिन्तकलगायत नेकपा (एमाले) बझाङका अत्यधिक कार्यकर्ता खुशीले गदगद भए । जीवनमा एउटा ठूलाे जिम्मेवारी र अवसर आएकाे महसुस भयाे। पार्टीले दिएकाे याे जिम्मेवारी बलबुताले भ्याएसम्म पूरा गर्छु भन्ने दृढ अठाेटका साथ मानसिक,भाैतिक र हरतरहले तयार भएकाे थिएँ ।
बिहान ११ बजे टिकट लिएर मनाेनयनकाे लागि जिल्ला जाने भनी ३ बजे धनगढीकाे फ्लाइट बुक गरेर पार्टी कार्यालय पुगेँ । टिकट कतिबेला बितरण हुन्छ भन्दा तीन बजे हुन्छ भने केही नेताले । सामाजिक सञ्जालमा केही बदलिने संकेत पाएपछि त्यहाँ भएका पदाधिकारीलाई साेद्धा हुँदैन,कसले भन्याे भने । म ढुक्क भएँ । पार्टीले यस्ता कमजाेरी गर्दैन भन्ने लाग्याे । फेरि पनि ऐन महरकाे भयाे भन्ने अपुष्ट समाचार सुनेँ । बिश्वास लागेन । गुन्डु पुगेँ ।त्यहाँ स्थिति बदलिएकाे आभाष पाएँ तर काेही पनि बाेल्दैनन् ।
"मैले पार्टी,जनता र देशबिरुद्ध के घात गरेकाे रहेछु र मलाई यसरी अपमानपूर्वक गलहत्याइयाे ? राजनैतिक जीवनमा मैले भ्रष्टाचार गरेँ कि ? अकुत सम्पति कमाएँ कि ? सांस्कृतिक बिचलनमा फसें कि ? पार्टी विधि बिधानबिपरित अनुशासनहिन र अनैतिक काम गरेँ कि? मैले के अपराध गरेर पाएकाे टिकट खाेसियाे ?"
सचिवालयले निर्णय गरेर जन जनमा फैलिएकाे निर्णय कसरी फेरियाे ? यदि बाहिर हल्ला भएजस्तै मेराे हातमा आएकाे टिकट खाेसिएकै हाे भने मैले के अपराध गरेकाे रैछु ? मैले पार्टी,जनता र देशबिरुद्ध के घात गरेकाे रहेछु र मलाई यसरी अपमानपूर्वक गलहत्याइयाे ? राजनैतिक जीवनमा मैले भ्रष्टाचार गरेँ कि ? अकुत सम्पति कमाएँ कि ? सांस्कृतिक बिचलनमा फसें कि ? पार्टी विधि बिधानबिपरित अनुशासनहिन र अनैतिक काम गरेँ कि? मैले के अपराध गरेर पाएकाे टिकट खाेसियाे ?
म फेरि प्रश्न गर्न चाहन्छु-म कसरी अयाेग्य ठहरिएँ ? मलाई टिकट दिने निर्णय गर्दा गम्भीर छलफल र बहस भएरै बझाङकाे जिम्मेवारी दिइएकाे हैन र ?
कुनै राजनैतिक चेत भएकाे संघर्षशील मानवलाई याे तहकाे अपमान गर्नु सामान्य बिषय हाे ? याे सहन सक्ने र सामान्य बिषय हाे ? याे अपमान मात्र हैन,मानवीय सम्वेदनामाथिकाे अपराध पनि हाे ।चुनावमा जीत हार कसकाे भएकाे छैन?
ममाथि त अन्याय भयाे भयाे,साथै मेरा तमाम शुभचिन्तक साथीहरु,भुँई तहमा जनताकाे सेवामा तल्लिन कार्यकर्ताहरुमाथिकाे पनि घाेर अपमान हो ।
साथीहरु,राजनीतिमा लागेर मैले कमाएकाे जनताकाे मायाबाहेक केही छैन । न त मसंग मुलुककाे कुनै शहरमा घर छ,न घडेरी छ,न गाडी छ,न कुनै बैंक ब्यालेन्स छ। म टेम्पाे/सार्वजनिक बसमै यात्रा गरिरहेकाे हुन्छु ।आम जनताकाे जीवनस्तर जस्ताे छ मैले पनि त्यस्तै बिताएकाे छु । अहिलेकाे प्रतिनिधिसभा चुनावका लागि मेरा हितैषी साथीभाइ,आफन्त साथै कार्यकर्ताले तन,मन,धन,कर्म,बचन र व्यवहारले सहयाेग गर्ने आश्वासन दिएका थिए ।बिगतकाे अनुभवले म ढुक्क थिएँ । खैर,🙂ठीकै छ ।तर ममाथि र मेरा साथीहरुमाथि भएकाे अपमान असह्य छ।
जातीय,बर्गीय,लैंगिक हितबिपरित समावेशी ,समानुपातिक मूल्यमान्यताबिपरित बल मिच्याईपूर्वक जवरजस्ती टिकट खाेसिएकाे अनुभूति भएकाे छ,धन्यवाद ।जय बझाङ । जय बझाङ्गी जनता ।

टिप्पणीहरू