पूर्व सांसद शाहले छाडे एमाले
पूर्व सांसद यज्ञजीत शाहले नेकपा (एमाले)को साधारण सदस्यताबाट राजीनामा दिएका छन् । उनले पार्टीको उम्मेदवार छनोटप्रति असन्तोष जनाउँदै अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा सार्वजनिक गरेका छन् ।
शाहका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीले उनलाई पाल्पा–२ वा रुपन्देही–३ बाट उम्मेदवार बनाउन सिफारिस गरे पनि अन्तिम समयमा अन्य क्षेत्रको सूचीमा नाम राखिएको छ । उक्त कार्यलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलको निर्देशनमा गरिएको ‘षड्यन्त्र’ भनेर आरोप लगाउँदै उनै शाहले उपाध्यक्ष पौडेलले आफूलाई घरमा आएर अनेक प्रलोभनमा गुण्डु पुर्याएको समेत अध्यक्षलाई जानकारी गराएका छन् ।
पूर्व सांसद शाहले आफ्नो ९ वर्षको पार्टी योगदान र राजनीतिक अनुभवको मूल्यांकन नगरिएकोमा चित्त दुखाउँदै लेखेका छन्, ‘मैले वर्षौँ लगाएर पार्टीका लागि मेहनत गरेको छु, तर मेरो विश्वास र प्रयासको सम्मान भएन। अब पार्टीमा बस्नुको कुनै सार्थकता नरहेको निष्कर्षमा पुगेको छु।’

टिप्पणीहरू