ओलीको अस्थिर रणनीति,निर्वाचनमा ठूलै चुनौती
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई विगतको झैँ सहज तवरले जिताउन सकिने पूर्ण विश्वास नरहेको उम्मेदवार चयनमा अपनाइएको अस्थिर मापदण्डले देखाएको छ । पार्टीभित्र उम्मेदवार चयन र क्षेत्रीय रणनीतिमा देखिएको अस्थिरताले आगामी निर्वाचनको परिणाममा अनिश्चितता बढाउने सम्भावना छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर ३,रुकुम पूर्व, दाङ, रुपन्देही, काठमाडौं, काभ्रेपलाञ्चोक र मोरङलगायत महत्वपूर्ण जिल्लाका केही निर्वाचन क्षेत्रहरू तत्काललाई खाली छोडिएको छ। यसले पार्टीभित्रको गुट र नेतृत्व निर्णय प्रक्रियामा कमजोरीलाई उजागर गर्दछ ।
ललितपुर–३ मा रघुजी पन्त वा राजनमध्ये कसलाई उम्मेदवार बनाउँदा ठीक ? भनेर नेतृत्वले हिजो स्थानीय कमिटीसँग सल्लाह गर्दा यस्तो अवस्थामा प्रतिकूल परिणाम आउने जवाफ दिइएको थियोे ।
उता महासचिव शंकर पोखरेललाई अन्तिममा आएर १ खाली राखी दाङ–२ जिम्मा लगाइएको छ । काभ्रेपलाञ्चोक-२ मा गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रमा पनि खोसिएको छ ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ मा उठ्न राजधानी इन्चार्ज राजन भट्टराई तयार भएनन् । ललितपुर–३ मा रघुजी पन्त वा राजनमध्ये कसलाई उम्मेदवार बनाउँदा ठीक ? भनेर नेतृत्वले हिजो स्थानीय कमिटीसँग सल्लाह गर्दा यस्तो अवस्थामा प्रतिकूल परिणाम आउने जवाफ दिइएको थियोे ।
उम्मेदवारहरुको नाम चयन गर्ने क्रममा शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरका विरोधी कसैलाई पनि गाली गर्न बाँकी नराखेको सहभागीहरुले बताए । राजनीतिक विश्लेषकहरूले उम्मेदवार चयनमा देखिएको अस्थिरता,लापरबाहीले एमालेको राष्ट्रिय छवि कमजोर हुने बताए । त्यसको लाभ अन्य दललाई पुग्न सक्छ ।
टिप्पणीहरू