झपटले छाडे टिकट,दिपक साउद भीम रावलसँग भिड्दै
अछामको निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक समीकरण फेरिएको छ । उक्त क्षेत्रमा उम्मेदवारीको टिकट पाइसकेका झपटबहादुर बोहराले टिकट छाडेपछि अब एमालेको तर्फबाट दीपक साउद "तरंग" उठ्न लागेका छन् ।
पूर्वमन्त्री जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक समूह छाडेपछि दीपकले टिकट पाएका हुन्। उनी नेकपा नेता भीम रावलसँग फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धामा भिड्ने निश्चित भएको छ ।
उता कपिलवस्तुमा काँग्रेसका वीरेन्द्र कनौडियाले पार्टी प्रवेशसँगै एमालेको टिकट लिएका छन् भने पर्सामा प्रदीप यादवले एमाले रोज्दैछन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर २ मा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाबीच नै चुनावी भिडन्त हुने भएको छ । त्यहाँ राप्रपाका स्वागत नेपालले पनि चुनावी मैदानमा उत्रिने बताएका छन् ।
आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न जिल्लामा उम्मेदवार परिवर्तन, पार्टी प्रवेश र आन्तरिक शक्ति सन्तुलनले राजनीतिक वातावरण थप चर्किंदै गएको छ।
टिप्पणीहरू