काँग्रेसका तीनै पक्ष साझा उम्मेदवार छान्दै

काँग्रेसका तीनै पक्ष साझा उम्मेदवार छान्दै

नेपाली काँग्रेसमा आसन्न निर्वाचनका लागि उम्मेदवार टुंग्याउने विषयमा शीर्ष नेताहरूबीच सहमतिको खाका तयार भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट रमेश लेखक,डा. शेखर कोइरालाको तर्फबाट डा. मीनेन्द्र रिजाल र गगन थापाको तर्फबाट देवराज चालिसेबीच हिजो साँझ अबेरसम्म भएको छलफल सहमतिको नजिक पुगेको बुझिएको छ ।

महाराजगञ्ज,चप्पल कारखाना नजिकै,पहिले होटल सहनशाह होटल रहेको स्थानमा खोलिएको ‘कुण्डलिनी पार्टी प्यालेस’मा भएको छलफलमा केही समय सभापति गगन थापा स्वयम् पनि सहभागी भएको स्रोतले बतायो । तर,केहीबेरपछि उनी देवराज चालिसेलाई जिम्मा लगाएर निस्केका थिए । 

लेखक,रिजाल र चालिसेबीच वार्ता जारी रहेको बेला नेता मीन विश्वकर्माले समानुपातिक सांसदको टिकट सभापति देउवाको तर्फबाट बाँडिसकिएकाले अब प्रत्यक्षको टिकट गगनले बाँड्ने जानकारी दिएका थिए । स्रोतका अनुसार सम्भवतः आज देउवा,शेखर, पूर्णबहादुर खड्का र गगनबीच हुने छलफलबाट नाम टुंग्याइनेछ।

यो घटनाले काँग्रेस नेतृत्व ‘मिलेरै चुनाव लड्ने’ निष्कर्षमा पुगेको देखिन्छ । सर्वोच्च अदालतमा दायर मुद्दाका लागि समय अभावका कारण देउवा पक्ष केही दबाबमा परेकाले पनि गगन पक्षलाई सहयोग मिलेको मीनेन्द्र निकटस्थहरुको बुझाइ छ । अहिले त्यसको असर उम्मेदवार छनोट प्रक्रियामा परेको उनीहरुले बताए । 

"शेरबहादुर र पूर्णबहादुर दुवै जना निर्वाचन नलड्ने भएका छन् । देउवाको तर्फबाट अदालतमा मुद्दा दायर गर्ने जिम्मा पूर्णबहादुरले लिएकाले पनि उनी चुनावी मैदानमा नउत्रिने अवस्था बनेको हो ।"

हिजोको छलफलमा उम्मेदवार बाँडफाँटको प्रारम्भिक अनुपातसमेत तय भएको बुझिएको छ । जसअनुसार गगन समूहबाट ४० प्रतिशत,देउवा पक्षबाट ३० प्रतिशत र शेखर पक्षबाट ३० प्रतिशत उम्मेदवार हुने सहमति बनेको छ।

यसबीच,शेरबहादुर र पूर्णबहादुर दुवै जना निर्वाचन नलड्ने भएका छन्। देउवाको तर्फबाट अदालतमा मुद्दा दायर गर्ने जिम्मा पूर्णबहादुरले लिएकाले पनि उनी चुनावी मैदानमा नउत्रिने अवस्था बनेको हो ।

हिजै डा. शेखर कोइरालाले आफ्नो समूहको भेलामा १५औँ महाधिवेशनका लागि तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्तालाई तत्काल चुनावमा केन्द्रित हुन निर्देशन दिएका थिए । यसले गगन पक्षबाट टिकट वितरण हुने संकेत बलियो भएको दिउँसै अनुमान गरिएको थियो ।

हालसम्म काँग्रेसले १२ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउन बाँकी देखिन्छ । ती क्षेत्रका लागि शीर्ष तहमा छलफल जारी रहेको पार्टी स्रोतले जनायो ।

टिप्पणीहरू