जान्नेलाई छान्नेहरुवीचमै लफडा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ५० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंङ्ग्याएको छ । उम्मेदवारी दर्ताको समय २४ घण्टा बाँकी रहेको बेला एक तिहाइ स्थानको नाम तय हुन नसकेपछि जान्नेलाई छान्नेहरुको पार्टीभित्र लफडा रहेको चर्चा हुन थालेको छ ।
सभापति रवि लामिछाने,वरिष्ठ नेता बालेन्द्र साह,उपसभापति डीपी अर्याललगायत सबैजसो केन्द्रीय नेताहरू साहको उपस्थितिमा हुन लागेको जनकपुर आमसभामा बोल्न पुगेका छन् । कतिपय त्यहाँबाट आजै आ-आफ्नो निर्वाचन क्षेत्रमा पुग्दैछन् ।
यसअघि समानुपातिक सूचीका लागि प्राइमरी इलेक्सन गराएको पार्टीले प्रत्यक्षतर्फ समय अभाव र पार्टी एकताको कारण त्यो पूरा गर्न नसकिएको बताएको छ । रास्वपा स्रोत भन्छ,‘रवि,बालेन,डिपी र स्वर्णिम बसेर लगभग नाम फाइनल गरिसकेका छन् । अधिकांश उम्मेदवारलाई त्यसबारे जानकारी पनि गराइसकिएको छ । तर, अहिलेलाई गोपनीयताको निम्ति नाम बाहिर नल्याएको होला ।’
टिप्पणीहरू