काठमाडौं १ मा फेरि रवीन्द्र मिश्र

काठमाडौं १ मा फेरि रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । मिश्रलाई काठमाडौं–१ को उम्मेदवार बनाउने राप्रपाको निर्णय छ ।

उनी यसअघि दुई पटक सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेर पराजित भएका हुन् । 

राप्रपाले काठमाडौं–२ बाट कुन्ति पोखरेल ३ मा डा. सुन्दरसिंह बोहरा, ४ मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, ५ मा कमल थापा,  ६ मा उद्धवराज भेटवाल, ७ मा लालकुमार लामा ८ मा नविन शाही र १० मा बलराम थापा उम्मेदवार चयन गरिसकेको छ ।

टिप्पणीहरू