निर्वाचन प्रहरीलाई १६ सय मिटर दौड अनिवार्य
सशस्त्र प्रहरी बल नेपालले निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाएको छ। सशस्त्र प्रहरी अन्तर्गत काठमाडौंस्थित विभिन्न कार्यालयहरूमा दरखास्त दिएका उम्मेदवारहरूको शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षा आजबाट सुरु भएको हो।
परीक्षा कीर्तिपुरस्थित लेबोरेटरी स्कुलमा सञ्चालन गरिएको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुने जनाइएको छ। पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म रहनेछ।
परीक्षाअन्तर्गत उम्मेदवारहरूले पुसअप, सिटअप र दौड (रनिङ) पूरा गर्नुपर्नेछ। मापदण्डअनुसार महिला उम्मेदवारले पाँच–पाँच पटक पुसअप र पुरुष उम्मेदवारले दश–दश पटक सिटअप गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी सबै उम्मेदवारले १६ सय मिटर दूरीको दौड अनिवार्य रूपमा पूरा गर्नुपर्ने सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार निर्वाचनलाई सुरक्षित, शान्तिपूर्ण र निष्पक्ष बनाउन सक्षम जनशक्ति छनोट गर्ने उद्देश्यले शारीरिक तन्दुरुस्ती परीक्षण कडाइका साथ सञ्चालन गरिएको हो।
टिप्पणीहरू