घाँटीमा हड्डी अड्किएर हवल्दारको मृत्यु

घाँटीमा हड्डी अड्किएर हवल्दारको मृत्यु

नेपाली सेनाका एक हवल्दारको मृत्यु भएको छ । कालीबहादुर गणमा कार्यरत गोरखाका ३९ वर्षीय हवल्दार धनबहादुर गुरुङ्गको आज बिहान निधन भएको हो । ब्याच नम्बर २३१६५० भएका उनको बिहान खाना खाने क्रममा घाँटीमा हड्डी अड्किएको थियो । 

त्यसपछि बेहोस भएका उनलाई तत्कालै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित देउती नरसिंह होम पुर्याइयो । उपचारको क्रममा बिहान साढे ११ बजे उनको मृत्यु भएको हो । 

गत कात्तिकमै पेन्सन पाकेपछि हवल्दार गुरुङ्गले राजीनामा दिन खोजेका थिए । तर, गणपतिले निर्वाचनपछि मात्र जान सुझाव दिएपछि रोकिएका उनको ज्यानै गएको सुर्खेतका प्रहरी प्रमुखले बताए ।

टिप्पणीहरू