भारतमा नाै जनाको मृत्युपछि सल्यानकाे भडारे गाउँमा शोक

भारतमा नाै जनाको मृत्युपछि सल्यानकाे भडारे गाउँमा शोक

भारतको हिमाचलमा भीषण आगलागीबाट नौ जना नेपालीले ज्यान गुमाएका छन् । सल्यानको सिद्धकुमाख गाउँपालिका–२, भण्डारेका दुई परिवारका नौ जनाको विस्फोटमा निधन भएको हो । 

मृत्यु भएकाहरुमा धनबहादुर विक, कविता, विक, राधा विक, रेनुका विक, राजन विक, काशिराम विक, अनु विक, टिका विक र किरण विक छन् । उनीहरु रोजगारीको सिलसिलामा भारत पुगेका थिए । 

हिमाचल प्रदेशको सोलानको अर्कि बजारमा बस्दै र काम गर्दै आएका उनीहरु अस्ति त्यहाँ भीषण आगलागीपछि बेपत्ता भएका थिए । 

उनीहरुको निधनको आज पुष्टि भएको सिद्धकुमाख गाउँपालिका वडा नम्बर, २ भडारेले जनाएको छ । वडा कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै आजै शोक बिदा दिएको छ ।
 

टिप्पणीहरू