दिवंगत काँग्रेस नेता दाहालको अन्त्येष्टि गरिँदै
दिवंगत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको अन्त्येष्टि गरिँदै छ। दाहालको पार्थिव शरीरमा अहिले बिहान मैतीदेवीस्थित निजी निवासमा श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
अन्त्येष्टिमा परिवारका सदस्य, नातेदारहरु, कांग्रेस नेता तथा कार्यकर्ताहरू, अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार तथा शुभेच्छुकहरूको सहभागिता छ ।
८४ वर्षीय दाहालको हिजो साँझ काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । दाहालका श्रीमती र दुई छोरा छन् । श्रीमती सुधा दाहाल पनि वीर अस्पतालमा उपचाररत छिन् ।
उनी नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत हुन् ।
टिप्पणीहरू