त्रिभुवन विमानस्थल नजिकै आगलागी

त्रिभुवन विमानस्थल नजिकै आगलागी

काठमाडौँको गैरीगाउँस्थित एक फर्निचर गोदाममा आगलागी भएको छ । टहरामा रहेको उक्त गोदामबाट सल्किएको आगो अन्यत्र पनि फैलिरहेको बताइएको छ । 

अहिले काठमाडौँ महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । त्यस्तै सशस्त्र र जनपद प्रहरी पनि आगो नियन्त्रणको लागि खटिएका छन् । 

आगो कसरी लाग्यो भन्ने कारण खुलेकाे छैन । धुवाँको मुस्लोका कारण विमानस्थलमा अवतरण गर्न लागेका केही जहाजहरु समेत आकाशमै होल्ड गरिएकाे बुझिएको छ ।

 

टिप्पणीहरू