जीप दुर्घटनामा तीन जनाको निधन

जीप दुर्घटनामा तीन जनाको निधन

वैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप पाटन नगरपालिका-८ साँडीघाँटीमा दुर्घटना भएको हो । 

जीप अनियन्त्रित भएर सडकबाट तीन सय मिटर तल खसेको बताइएकाे छ। मृतक तीनै जना पुरुष भए पनि पहिचान खुलेको छैन । 

प्रहरीले घटनास्थल पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
 

टिप्पणीहरू