देउवा र गगनवीच भेटघाट नभएको दावी

देउवा र गगनवीच भेटघाट नभएको दावी

नेपाली काँग्रेसको सभापतिबाट बिशेष महाधिवेशनमार्फत अपदस्थ नेता  शेरबहादुर देउवाले गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट नगरेको देउवाको सचिवालयले जनाएको छ । निजी सचिव तथा भतिज भानु देउवाले उहाँहरुबीच भेट भएको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

सभापति देउवासँग थापा र शर्माले भेट गरेको भन्ने समाचारबारे प्रष्ट पार्दै भानुले हालसालै कुनै भेटवार्ता नभएको खुलाएका हुन् । 

देउवा पक्ष गगन र विश्वप्रकाश समूहलाई मान्यता दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाँदै छ । हिजे बिहान पार्टी मुख्यालय सानेपामा बसेको बैठकले कार्यवाहक सभापति तथा उपसभापति पूर्णबहादुर खड्कालाई मुद्दा मामिलाको सम्पूर्ण जिम्मेवारी र अख्तियारी दिएको छ ।

टिप्पणीहरू