४० वर्षअघिका प्रधानपञ्चलाई एमालेको टिकट
नेकपा एमाले नेतृत्वले ‘युवामैत्री, आधुनिक र भविष्यद्रष्टा पार्टी’भन्ने दावी खण्डित हुने अर्को निर्णय गरेको आरोप लाग्न थालेको छ । दैलेख–२ बाट पार्टीले ४० वर्षअघि प्रधानपञ्च बनेका अनुभवी नेतालाई प्रतिनिधिसभा सदस्यको टिकट दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘दूरदर्शी नेतृत्व’ फेरि एकपटक चर्चामा आएको छ।
एमाले दैलेख क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवार छनौटमा युवा नेता एवम् केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत ल्याएका थिए । आन्तरिक निर्वाचनमा रिजाल ६७ मतसहित पहिलो नम्बरमा सिफारिस भएका थिए । तर रिजाललाई काटकुट पारेर ओलीले लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिएका छन् । आन्तरिक निर्वाचनमा ६७ मतसहित रिजाल पहिलो, ६६ मतसहित पोखरेल दोस्रो, ६१ मतसहित शाही तेस्रो र ५१ मतसहित बुढा चौथो भएका थिए ।
दुई–तीन दशकदेखि संगठन निर्माण,वैचारिक पैरवी र चुनावी तयारीमा सक्रिय रहेका अनुहारहरूलाई पन्छाएर ०४३ सालको स्मृतिलाई पुनर्जीवित गरिएकोमा गौरव अनुभूति भएको टिप्पणी सामाजिक सञ्जालमा व्याप्त छ ।
पार्टीभित्र आन्तरिक मतदान,जिल्ला र प्रदेश कमिटीको सिफारिस, कार्यकर्ताको रोजाइ र समकालीन राजनीतिक आवश्यकताभन्दा माथि उठेर ‘नेतृत्वलाई मन परेको अनुहार नै सर्वश्रेष्ठ’ भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गर्दै टिकट वितरण गरिएको असन्तुष्ट पक्षको गुनासो छ। नेतृत्वले इतिहास प्रेमलाई प्राथमिकतामा राख्दै ‘राजनीतिक पुरातत्व’ जोगाउने उद्देश्यले उक्त निर्णय गरेको आरोप लगाइएको छ ।
दैलेख २ का स्थानीय कार्यकर्ताले पछिल्ला दुई–तीन दशकदेखि संगठन निर्माण,वैचारिक पैरवी र चुनावी तयारीमा सक्रिय रहेका अनुहारहरूलाई पन्छाएर ०४३ सालको स्मृतिलाई पुनर्जीवित गरिएकोमा गौरव अनुभूति भएको टिप्पणी सामाजिक सञ्जालमा व्याप्त छ । स्थानीय कमिटीले पहिलो नम्बरमा सिफारिस गरेको उम्मेदवारको सट्टा अध्यक्षलाई पहिलो नम्बरमा मन परेको उम्मेदवार नै लोकतन्त्रको सही अभ्यास बनेको भनिएको छ ।
यस निर्णयपछि पार्टीभित्र ‘युवा पुस्तालाई अवसर’ भन्ने नारा फेरि एकपटक पोस्टर,भाषण र सामाजिक सञ्जालमै सीमित भएको देखिन्छ ।
टिप्पणीहरू