सर्वाेच्च पुग्याे काँग्रेस टाेली
नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोली सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा दायर गर्न टोली सर्वोच्च गएको हो ।
टोलीमा खड्कासहित नेता विमलेन्द्र निधिलगायत झण्डै दुई दर्जन केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगले माघ २ गते गगन र विश्वप्रकाश शर्मा समूहलाई मान्यता दिएको थियो । त्यसपश्चात् हिजो बिहान पार्टी मुख्यालय सानेपामा बसेको बैठकले मुद्दासम्बन्धी सबै जिम्मेवारी खड्कालाई दिने निर्णय गरेको हो ।
टिप्पणीहरू