सर्वोच्च जानुअघि माइतीघरमा विरोध प्रदर्शन

सर्वोच्च जानुअघि माइतीघरमा विरोध प्रदर्शन

नेपाली काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संघ संगठनहरुले जुलुसको तयारी गरेका छन् । काँग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले गरेको अस्तिको निर्णयविरुद्ध उनीहरुले बिहान १० बजे माइतीघरमा जुलुससहित विरोध प्रदर्शन गर्न लागेका हुन् । 

आयोजकले लोकतन्त्रको रक्षा र नेपाली काँग्रेसको अखण्डताको लागि सडकमा उत्रिन सम्पूर्ण लोकतन्त्रप्रेमीलाई आह्वान गरेको छ ।

शेरबहादुर देउवा पक्ष गगन र विश्व प्रकाश समूहलाई मान्यता दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध आज सर्वोच्च अदालत जाने तयारीमा छ । हिजो बिहान पार्टी मुख्यालय सानेपामा बसेको बैठकले कार्यवाहक सभापति तथा उपसभापति पूर्णबहादुर खड्कालाई उक्त कार्यका लागि सबै जिम्मेवारी दिएको थियो ।

टिप्पणीहरू