उम्मेदवारी विवादबारे प्रष्ट पार्दै केपी ओली
फाइल फाेटाे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको उम्मेदवार चयनसम्बन्धी विवादबारे बोल्ने तयारी गरेका छन् । सोही तयारीस्वरूप नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन तथा जनसभा आयोजना गर्न लागेको छ ।
एमाले बागमती प्रदेश कमिटीको आयोजनामा दिउँसो काठमाडौंको भृकुटीमण्डपबाट शुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादी पुगेर सभामा परिणत हुनेछ । मध्यान्ह १२ बजेदेखि हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र सोही क्रममा उनले हिजो भएको उम्मेदवार चयनमा उठाइएका विषय प्रष्ट पार्ने बताइएको छ ।
एमाले उम्मेदवार चयनको विषयलाई लिएर विभिन्न निर्वाचन क्षेत्रमा असन्तुष्टि देखिएको छ । ओलीले त्यसबारे जनसभामार्फत स्पष्ट पार्ने र पार्टीको आधिकारिक निर्णय, उम्मेदवार चयनको मापदण्ड र चुनावी रणनीतिबारे पनि ब्याख्या गर्ने बुुझिएको छ ।
एमालेले २३ निर्वाचन क्षेत्रबाहेक अन्य स्थानमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार टुंग्याइसकेको छ ।
टिप्पणीहरू