ओली–प्रचण्ड फोनवार्ता,चुनाव सारेर प्रधानमन्त्री हुन प्रस्ताव
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच फोन सँवाद भएको छ । अस्ति शुक्रबार बेलुकी चितवनमा रहेका प्रचण्डलाई ओलीले फोन गरेर चुनाव सार्न आग्रह गर्नुभएको छ ।
गुण्डु निकट स्रोतका अनुसार कम्तीमा दुई महिनाका लागि चुनाव सारौं, वैशाखमा पुर्याऔं भन्ने एमालेको आग्रह थियो । फागुन २१ गते चुनाव सर्नासाथ प्रतिनिधि सभा पुनर्स्थापनाको बाटो खुल्ने र त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाउने ओलीको सन्देश रह्यो ।
फोनमा ओलीले भन्नुभयो, ‘संसद पुनर्स्थापना हुँदा म प्रधानमन्त्री हुने होइन । कि देउवा,कि तपाईं नै हो । देउवाको पनि खासै चाहना देखिन,त्यसमाथि गगनले काङ्ग्रेस कब्जा गरिसक्यो ।त्यसैले तपाइँ नै प्रधानमन्त्री हुने हो ।’ तर प्रचण्डले चुनाव समयमै हुनुपर्ने र आफ्नो पार्टीले चुनावमा जाने निर्णय गरिसकेको जवाफ फर्काएको बुझिएको छ ।
यता एमालेले हिजो राती आगामी चुनावका लागि उम्मेदवार तय गरेको छ । प्रचण्ड उठ्ने भनिएको रुकुम पूर्वमा नाम खाली राखिएको देखिन्छ । तर, नेकपा नेताहरुले एमाले जिल्ला इञ्चार्ज खेममान खड्कालाई उठाउने निर्णय गरेर सतहमा खाली राखिएको दावी गरेका छन् ।

अहिलेको अवस्थामा नेपाली काँग्रेस आन्तरिक पेलानमा परेको,एमालेभित्र चरम असन्तुष्टि देखिएकाले नेपाली कम्युनिष्ट पार्टीको राम्रै पोजिसन आउने निश्कर्ष प्रचण्डहरुको देखिन्छ । तर यसबीच पार्टी एकता गरेका झण्डै दुई दर्जन दलका नेता तथा कार्यकर्ताको झ्याउँझ्याउँ भने प्रचण्डलाई टाउको दुखाइको अर्को विषय बनेको बुझिएको छ । तीमध्ये धेरैलाई समानुपातिकतर्फ ब्यवस्थापन गरिसकिएको छ ।

टिप्पणीहरू