सर्वोच्चमा काङ्ग्रेस बिबादको रिट दर्ता,सडकमा नाराबाजी

सर्वोच्चमा काङ्ग्रेस बिबादको रिट दर्ता,सडकमा नाराबाजी

गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । पुरानो काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज रिट निवेदन दर्ता गरेका हुन् । 

रिट निवेदन दर्ता गरेपछि पूर्णबहादुरले मुख्य रजिष्ट्रार विमल पौडेलसमक्ष उक्त रिटलाई राजनीतिक मुद्दास्वरुप नहेरेर आजै सुनुवाई गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । सर्वोच्च प्रशासनले भने जवाफमा नियमावलीले रिट दर्ता गरेकै दिन सुनुवाई गर्न नमिल्ने व्यवस्था गरेको बतायो ।

निर्वाचन आयोगले माघ २ गते गगन र विश्वप्रकाश शर्मा समूहलाई आधिकारिक काँग्रेसको मान्यता दिएको थियो । त्यसपश्चात् हिजो बिहान पार्टी मुख्यालय सानेपामा बसेको देउवा खेमाको बैठकले मुद्दासम्बन्धी सबै जिम्मेवारी खड्कालाई दिने निर्णय गरेको हो ।

सर्वोच्च प्रशासनले भने जवाफमा नियमावलीले रिट दर्ता गरेकै दिन सुनुवाई गर्न नमिल्ने व्यवस्था गरेको बतायो ।

खड्कासहित नेता विमलेन्द्र निधिलगायत दुई दर्जन आज अदालत खुल्नेबित्तिकै मुद्दा दर्ता गर्न पुगेका थिए । यता, काँग्रेसको भातृ संगठन तरुण दलले आयोगको निर्णयविरुद्ध सडक संघर्ष शुरु गरेको छ । 

दलका कार्यकर्ताले ‘हामी अरु जान्दैनौं,विशेष भेला मान्दैनौं’,‘नालायक कार्यवाहक निर्वाचन आयुक्त राजीनामा दे’,‘५२ करोड फिर्ता गर’,‘नेपाली काँग्रेस जिन्दावाद’,‘असंवैधानिक कदम खारेज गर’,‘विधिको शासन मिच्न पाइँदैन’,‘निर्वाचन आयोग निष्पक्ष बन’,‘अवैधानिक निर्णय खारेज गर’,‘संविधानमाथि प्रहार नगर’,‘आयोग तेरो पाराले दुःख पायो साराले’ लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गरिरहेका छन् ।

टिप्पणीहरू