कर छुट सिफारिसबारे वाणिज्यदूतावासको छुट्टै दाबी

कर छुट सिफारिसबारे वाणिज्यदूतावासको छुट्टै दाबी

पोल्याण्डको राजधानी वार्सास्थित नेपाली वाणिज्यदूतावासले एक पर्वतारोही पोलिस नागरिकलाई कर छुटका लागि परराष्ट्र मन्त्रालयमा सिफारिस गरेको भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ । नेपाली राजदूतावास, जर्मनीलाई लत्याएर मन्त्रालयमा सिफारिस गरेको समाचारबारे वाणिज्यदूतावासले उक्त दाबी गरेको हो ।

जनआस्था डटकमले पुस १६ गते ‘शिविर रोक्न एमालेनिकट प्रवासी मञ्चका अध्यक्षको जोड’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । नेकपा एमालेको भ्रातृ संगठन प्रवासी नेपाल मञ्च, पोल्याण्डका अध्यक्ष ईश्वर देवकोटाले नेपाली कन्सुलर डा.बोधराज सुवेदीलाई दबाब दिएर पोलिस नागरिकलाई कर छुटका लागि दूतावासलाई बाइपास गरेर सिँधै परराष्ट्र मन्त्रालयमा सिफारिस गराएको विवरण समाचारमा उल्लेख छ ।

सो विषयमा उनीमाथि छानबिन पनि भइरहेको सन्दर्भमा वाणिज्यदूतावासले कर छुट दिनेबारे परराष्ट्रमा कुनै निवेदन नै नपठाएको जनाएको छ । ‘उक्त समाचारमा उल्लेख भएअनुसार यस वाणिज्यदूतावासले कसैलाई कर छुट दिनेबारे परराष्ट्र मन्त्रालयमा कुनै पनि निवेदन पेश गरेको छैन’, प्राप्त इमेलमा लेखिएको छ ।

https://www.janaaastha.com/story/174913

टिप्पणीहरू