लाखौंको तलब–सुविधा छाडेर किन होमिँदैछन् घण्टीमा ?
फागुन २१ गतेको आमनिर्वाचन नजिकिँदै जाँदा बैंक तथा वित्तीय संस्थामा कार्यरत माथिल्ला तहका कर्मचारीले धमाधम राजीनामा दिएका छन् । पर्सि मंगलबार उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले उनीहरुले सांसद निर्वाचित भएर सके मन्त्री,नसके अर्थ समितिको सदस्य नियुक्तिपश्चात् केन्द्रीय बैंक एवम् नियमनकारी निकायहरुलाई आवश्यक निर्देशन दिने उद्देश्य राखेको बताइन्छ ।
अहिले ती नियमनकारी निकायले दिएका कतिपय निर्देशन समसामयिक नभएको त्यस्ता कर्मचारीको बुझाइ छ । सोही क्रममा ललितपुरको पुल्चोकमा रहेको गुह्येश्वरी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तोयराज अधिकारीले पुसमा दिएको राजीनामा अस्ति स्वीकृत गरिएको छ । लमजुङका अधिकारीले कास्कीबाट रास्वपा उम्मेदवार हुन राजीनामा दिएको बताइन्छ ।
उता कैलाली–४ बाट मीनबहादुर बोहरालाई रास्वपाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । चार जनाको नाम सिफारिस भएकोमा बोहरा तेस्रो नम्बरमा छन् ।
उनी यसअघि कालिका लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त, धौलागिरी लघुवित्त साथै तत्कालीन मिर्मिरे लघुवित्तमा सिईओ थिए । केही समय लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए ।
टिप्पणीहरू