तीनजना एकैठाउँ, चुनाव जित्ने दाउ

तीनजना एकैठाउँ, चुनाव जित्ने दाउ

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुर क्षेत्र नम्बर २ मा तीन युवा नेताबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेत, नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा दिपशिखा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीबीच भिडन्त हुने पक्का भएको छ । 

एमालेले उक्त निर्वाचन क्षेत्रमा पार्टी सचिव बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेपछि नेकपाले दिपशिखा र रास्वपाले खत्रीलाई टिकट दिएको छ । 

बस्नेत र खत्रीबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चल्न गरेको देखिन्छ । लामो समयदेखि ’साइबर वार’मा रमाइरहेका दुबैजना एउटै निर्वाचन क्षेत्रको उम्मेदवारमा जोडिएका छन् ।

टिप्पणीहरू