रात परेपछि रविका मान्छेहरू उज्यालाेमा
राष्ट्रिय स्वतन्त्र पार्टीका एक दर्जन नेता उज्यालो नेपाल पार्टी (उनेपा)मा प्रवेश गरेका छन् । ०७९ को निर्वाचनमा नुवाकोटबाट रास्वपाको उम्मेद्वार बनेका सुमनविक्रम पाण्डे, जिल्ला सभापति रामेश्वर गजुरेलसहित जिल्लास्तरका एक दर्जन नेताहरुलाई आज त्रिपुरेश्वरस्थित उज्यालाे घरमा अध्यक्ष कुलमान घिसिङले स्वागत गरेका हुन् ।
निर्वाचनको संघारमा जिल्लाका प्रभावशाली नेताहरुले पार्टी छाडेपछि नुवाकोटमा रास्वपालाई ठूलो धक्का पुगेको छ । रास्वपामा समाहित भएर ठूलो गल्ती गरेको बताउँदै आएका घिसिङले केही दिनअघि परिवर्तन पार्टीसँग पनि एकता गरेका थिए ।
समानुपातिक बन्दसूची बुझाउने अवसर गुमाएको उनेपाले प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने बताएको छ ।
टिप्पणीहरू