आत्मदाह गर्छु भन्ने अमरेशविरुद्ध मूर्दावादको नारा

आत्मदाह गर्छु भन्ने अमरेशविरुद्ध मूर्दावादको नारा

आजदेखि रास्वपा प्रवेश गरेका काँग्रेसका बागी सांसद अमरेशकुमार सिंहविरुद्ध नाराबाजी भएको छ । जनकपुरस्थित उनी बसेको होटल यात्री बाहिर रास्वपा सर्लाहीका नेता तथा कार्यकर्ताले ‘अमरेश सिंह मूर्दावाद’ भन्दै चर्को नारा लगाएका छन् ।

राति ८ बजेपछि होटल यात्रीको गेट अगाडि रास्वपा सर्लाही जिल्ला सदस्य दिपक महतोको नेतृत्वमा डेढ दर्जनले उनलाई बिचौलियाको संज्ञा दिएका छन् । अमरेशमाथि सर्लाहीमा टिकट किनबेच गरेको आरोप छ ।

उनले आज दिउँसो जनकपुरमा आयोजित आमसभामा बालेन्द्र साह प्रधानमन्त्री नबने आत्मदाह गर्ने उद्घोष गरेका थिए ।

टिप्पणीहरू