बालेनले नजिते अमरेशले आगो लगाउने
फाइल फाेटाे
नेपाली काँग्रेसबाट बागी उम्मेदवारको रुपमा गत निर्वाचनमा विजयी पूर्व सांसद डा. अमरेशकुमार सिंहले बालेन साह प्रधानमन्त्री नबने आत्मदाह गर्ने घोषणा गरेका छन् । जनकपुरमा आयोजित रास्वपाको चुनावी सभामा बोल्दै उनले बालेनलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने दाबी गर्दै अन्यथा भएको अवस्थामा आत्मदाह गर्ने उल्लेख गरे ।
‘हामी सबै सीता माताका सन्तान हौँ, सीता माता यही धर्तीमा समाहित भएकी थिइन्’, उनले भने, ‘बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको यही धर्तीमा आत्मदाह गर्नेछु ।’ बालेनकै कारण आफू रास्वपामा प्रवेश गरेको उनको दाबी छ ।
टिप्पणीहरू