आफूविरुद्धको मुद्दामा कुनै डर नभएको रविको दावी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका मुद्दाबारे आफूलाई कुनै डर नभएको बताएका छन् । भदौ २४ गतेको विध्वंशमा नख्खु कारागारबाट भागेका उनले आफूविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका मुद्दा फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएपछि प्रक्रिया अघि बढाइएको छ ।
जनकपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै आफूलाई व्यक्तिगत मुद्दाप्रति कुनै परवाह नभएको उल्लेख गर्दै भनेका छन्, ‘कलिला विद्यार्थीको छाती र टाउको ताकी ताकी गोली हान्ने र हेलिकोप्टरमा भाग्ने सरकारले ममाथि लगाएका मुद्दाको कुनै चिन्ता छैन, मलाई कुनै डर छैन।’
कुनै डर वा चिन्ता नभएको भए किन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिए होलान् ? अदालतबाट मुद्दा टुंगो लगाउनुपर्नेमा किन ‘सजिलो बाटो’ अपनाएका होलान् ?
आखिर लामिछानेलाई आफूविरुद्धको मुद्दाप्रति कुनै डर वा चिन्ता नभएको भए किन महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिए होलान् ? अदालतबाट मुद्दा टुंगो लगाउनुपर्नेमा किन ‘सजिलो बाटो’ अपनाएका होलान् ? सर्वत्र जिज्ञासा छ ।
यता,लामिछानेसहित जिबी राई, छविलाल जोशीलगायतविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वत्र विरोध र जेनजी युवाहरुले निरन्तर धर्ना दिइरहेका छन् । हिजो महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा माग्दै कार्यालयमै प्रदर्शन गर्न पुगेका एक दर्जन जेनजी युवा पक्राउ परेका थिए ।
टिप्पणीहरू