मानव, जनावर र प्रकृतिको अनुपम नमूना बिरालो पार्क

मानव, जनावर र प्रकृतिको अनुपम नमूना बिरालो पार्क

चीनको छोङछिङ सहरको नानआन जिल्लामा रहेको याङ्त्से नदी किनारको खाली जग्गालाई बिरालो–थिम पार्कमा रूपान्तरण गरिएको छ । सन् २०२५ को पहिलो दिनदेखि सञ्चालनमा आएको यो पार्क अहिले बेसहारा तथा घाइते बिरालोका लागि सुरक्षित आश्रयस्थल बनेको छ ।

करिब ३० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको पार्कमा उपचार र खोप लगाइसकेका स्वस्थ बिरालोलाई खुला स्थानमा छाड्ने गरिएको छ । त्यहाँ उनीहरू घुमघाममा आएका आगन्तुकसँग सहज रूपमा घुलमिल हुने गरेका छन् । 

अपांगता भएका वा विशेष हेरचाह आवश्यक पर्ने बिरालोलाई छुट्टै संरक्षण क्षेत्रमा राखेर स्याहार गरिँदै आएको प्राप्त समाचारमा जनाइएको छ । पार्कको सुरक्षा र व्यवस्थापनका लागि पशु चिकित्सक र हेरचाहकर्तासहित ४० भन्दा बढी जनशक्ति परिचालन गरिएको छ । 

चिकित्सक र हेरचाहकर्ताहरूले दिनहुँ बिरालोको स्वास्थ्य परीक्षण गर्दै आगन्तुकलाई बिरालोसँग कसरी व्यवहार गर्ने भन्नेबारे सिकाउने गरेका छन् । हालसम्म उक्त आश्रयस्थलले ६ सयभन्दा बढी बेसहारा बिरालोको उद्धार गरिसकेको जनाएको छ । 

एक वर्षअघि जनवरी महिनाको पहिलो दिनदेखि साधारणका लागि खुला गरिएको पार्कका कारण हालसम्म ५० भन्दा बढी बिरालोले नयाँ बासस्थान पाइसकेका छन् ।

स्रोत: सिन्ह्वा ।

http://https://english.news.cn/20260116/27d25b3187e64e0789fac93d33bf3f82/c.html

टिप्पणीहरू