प्रधानमन्त्री कार्यालयको गेटमै जेनजीको धर्ना

प्रधानमन्त्री कार्यालयको गेटमै जेनजीको धर्ना

जेनजी आन्दोलनका घाइते र शहीद परिवारले प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन् । 

आज दिउँसो सिंहदबार छिरेका उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मूल ढोकामै ब्यानर राखेर धर्नामा बसेका हुन् । सरकारले आफूहरुको माग वेवास्ता गरेकाले खबरदारीका लागि आन्दोलित हुनुपरेको उनीहरूले बताएका छन् । 

घाइतेको निशुल्क उपचार र उचित क्षतिपूर्ति, शहीद परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितताजस्ता माग राख्दै आएका पीडितहरूले यसअघि माइतीघर मण्डलामा पनि धर्ना दिएका दिएका थिए । आन्दोलन पीडितका माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलन चर्काउने चेतावनी दिइएको छ ।

टिप्पणीहरू