निर्वाचन आयोगमा दुईथरी काँग्रेसको नाराबाजी, कान्तिपथको रोड ब्लक

निर्वाचन आयोगमा दुईथरी काँग्रेसको नाराबाजी, कान्तिपथको रोड ब्लक

पार्टीको आधिकारिकता दावी गर्दै नेपाली काँग्रेसको संस्थापन र विभाजित दुवै पक्ष शक्ति प्रदर्शनमा उत्रिएको छ । 

कान्तिपथस्थित आयोग कार्यालयको मुख्य गेटमा अहिले दुवैतर्फमा कार्यकर्ता नाराबाजी गरिरहेका छन् । दिउँसो विभाजित पक्षले त्रिचन्द्र क्याम्पसका नेविसंघ कार्यकर्तालाई आयोगमा उतारेको थियो । त्यसपछि सभापति शेरबहादुर देउवा समूहका कार्यकर्ता पनि त्यहाँ पुगेर नारा लगाउन थालेका हुन् ।  

निर्वाचन कार्यालयको मुख्य गेट बाहिर दुवै कांग्रेसका कार्यकर्ता नाराबाजीमा उत्रिएसँगै मुख्य सडक पूरै ठप्प भएको छ । प्रहरीले भित्रको सुरक्षा अवस्था कडा बनाए पनि बाहिर तनावग्रस्त हुने सम्भावना देखिएको छ । 

काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी छुट्टै केन्द्रीय कार्यसमिति चयन गरेसँगै सो पार्टी विभाजित छ । दुवै पक्षले आधिकारिकता दावी गरिरहेका छन् ।  

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले गगन समूहलाई आयोगले आधिकारिकता दिन खोजेको आशंका गरेका छन् । पार्टीको एक आन्तरिक कार्यक्रममा उनले आयोगले कागजपत्रको आधारमा नभई सडकको भिडको बलमा निर्णय गर्न खोजेको भन्दै आपत्ति जनाएको बुझिएको छ ।

 

टिप्पणीहरू