नयाँ दलको हतारो र ७५ प्रतिशत मतदाताको आशंका
आगामी निर्वाचनबारे गरिएको एउटा मतदाता सर्वेक्षणले अचम्मको नतिजा देखाएको छ । सेन्टर फर पोलिसी रिसर्चले गरेको फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने मतदाताहरुको धारणा सर्वेक्षणमा ७५ प्रतिशतले नयाँ दल र तिनाका नेताप्रति विश्वस्त हुन नसकिने जनाएका छन् ।
मतदाताहरुको मनोभाव र प्राथमिकतालाई मध्यनजर गर्दै संस्थाले गरेको ‘पूर्वनिर्वाचन धारणा सर्वेक्षण–२०८२’ को प्रतिवेदन आज सार्वजनिक गरिएको छ । जसमा भनिएको छ, ‘मतदानको आधारका रुपमा आर्थिक अवस्था,रोजगारी, महँगीजस्ता आर्थिक सूचकहरु मतदान निर्णयमा सबैभन्दा प्रभावशाली देखिएका छन र ८० प्रतिशतभन्दा बढी उत्तरदाताले यो विषयलाई निर्णायक मानेका छन् ।’
त्यसैगरी, निर्वाचनको निष्पक्षताप्रति २० प्रतिशतभन्दा कम नागरिक मात्र पूर्ण विश्वस्त रहेको र निर्वाचन व्यवस्थापन र प्रक्रियामा सुधारको आवश्यकरा रहेको प्रतिवेदनमा उल्लेख छ । ७० प्रतिशतभन्दा बढी नागरिकले मुलुक सही दिशामा अगाडि बढिरहेको विश्वास गर्न नसक्नुले नेपालको राजनीतिक भविष्यप्रति गहिरो असन्तुष्टि र अनिश्चिततातर्फ संकेत गरेको संस्थाको भनाइ छ ।
"सामाजिक सञ्जाल प्रमुख समाचार स्रोत भएतापनि १६ प्रतिशत उत्तरदाता मात्र त्यसमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।"
जनसंख्याको एक तिहाइले मात्र राजनीतिमाथि चासो राख्ने भएतापनि मतदान गर्ने इच्छाशक्ति नागरिकमा उच्च रहेको सर्वेक्षणले देखाएको छ । नागरिकले निर्वाचनलाई परिवर्तनको सम्भावित माध्यमका रुपमा हेर्ने गरेका छन् ।
राजनीतिक समाचारका लागि नागरिकहरुको सामाजिक सञ्जालमा निर्भरता बढ्दो रहेको जनाउँदै संस्थाले परम्परागत सञ्चारमाध्यमको प्रभाव घट्दै गएको बताएको छ । सामाजिक सञ्जाल प्रमुख समाचार स्रोत भएतापनि १६ प्रतिशत उत्तरदाता मात्र त्यसमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
नयाँ दलको टिकाउप्रति ७५ प्रतिशत नागरिकलाई शंका रहेको बताउँदै संस्थाले त्यसले राजनीतिक स्थायित्व र दीर्घकालीन नीतिगत निरन्तरताको विषयमा गम्भीर प्रश्न उठाउने जनाएको छ । यसपटकको निर्वाचनमा नयाँ दल खोज्ने सोच बनाउने मतदाताको संख्या बढी पाइएको छ ।
संस्थाले मतदाताको धारणालाई मुख्यतः १५ बुँदामा समेटेको छ । सर्वेक्षणका क्रममा मतदाताले आर्थिक अवस्था, रोजगारी,महँगी,शान्ति–सुरक्षा र विकासका मुद्दा आफ्ना लागि पहिचान वा संघीयताभन्दा माथि रहेको जनाएका छन् ।
(यस्तो छ सर्भे रिपोर्ट)
टिप्पणीहरू