आजै राती काङ्ग्रेस र चुनावको भाग्य फैसला

आजै राती काङ्ग्रेस र चुनावको भाग्य फैसला

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न मात्र चार दिन बाँकी रहेको अवस्थामा नेपाली काँग्रेसको आधिकारिकता विवाद पेचिलो हुने देखिएको छ । 

संस्थापन र विभाजित दुवै समूहले पार्टीको आधिकारिकता आफूमा रहेको दावी गर्दै निर्वाचन आयोगमाथि दबाब बढाएका छन् । दुवै समूहका नेताहरू आयोगको निर्णय कुर्दै धर्ना दिइरहेका छन् । 

संस्थापन पक्षले आयोग परिसरमै धर्ना दिइरहँदा फुटेर बनेको गगन समूह पनि सडकमा उत्रिएको छ । सो समूहका पदाधिकारीहरू अहिले आयोग कार्यालय बाहिर सडकमा पलेटी कसेर बसेका छन् । 

"भोलि शनिबार र पर्सि ल्होसार बिदा परेकाले आज अबेरसम्म आयोगले निर्णय गर्ने सम्भावना छ । किनभने सोमबार टिकटमा हस्ताक्षर नभए मंगलबार मनोनयन दर्ता हुँदैन ।"

गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी छुट्टै कांग्रेस बनाएपछि चुनावको मुखमा दुई फ्याक भएको काँग्रेसको आधिकारिकता कसले पाउला भन्ने आम चासो छ । यसबीच आयोगले आज दुवै समूहका नेतासँग छुट्टाछुट्टै छलफल गरेको थियो । 

फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते प्रत्यक्षतर्फ मनोनयन दर्ताको मिति तोकिएको छ । भोलि शनिबार र पर्सि ल्होसार बिदा परेकाले आज अबेरसम्म आयोगले निर्णय गर्ने सम्भावना छ । किनभने सोमबार टिकटमा हस्ताक्षर नभए मंगलबार मनोनयन दर्ता हुँदैन । 

त्यसकारण आजै एउटा निर्णय दिनुपर्ने दबाबमा रहेको आयोगमाथि थप दबाब बढाउन दुवै समूह धर्नामा बसेका हुन् ।

टिप्पणीहरू