काँग्रेस नेताको राजीनामा रातारात गायब

काँग्रेस नेताको राजीनामा रातारात गायब

नेपाली काँग्रेसका नेता टेकबहादुर साउदको पार्टी छाड्ने निर्णय रातारात हराएको छ । हिजो साँझ सामाजिक सञ्जालमा पार्टी परित्यागको घोषणा गरेका उनको स्टाटस् एकाएक मेटिएको (डिलिट) छ ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्षसमेत रहेका साउदले नेतृत्वप्रति असन्तुष्टी पोख्दै पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको लेखेका थिए । तर बिहानदेखि उक्त स्टाटस फेसबकु टाइमलाइनमा देखिन छाडेको छ । 

साउदले पार्टी छाड्ने निर्णय फिर्ता लिएर स्टाटस डिलिट गरेका हुन् वा आफैं डिलिट भएको हो, त्यो भने खुलाइएको छैन । पार्टी जिल्ला कार्यसमितिको पूर्व सचिव समेत रहेका साउद सभापति शेरबहादुर देउवा निकट हुन् ।

टिप्पणीहरू