अनुहारमा कालाेमाेसाे, पार्टी नीलाे

अनुहारमा कालाेमाेसाे, पार्टी नीलाे

तत्कालीन नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनी आज जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपामा खुलेका हुन् । 

केही दिनअघि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएका अन्सारीले हिजो मधेश प्रदेश सभा सदस्य पदबाट पनि राजीनामा दिइसकेका छन् । उनलाई रास्वपाले बाराको निर्वाचन क्षेत्र नम्बर ४ को टिकट समेत दिइसकेको बुझिएको छ । 

केही महिनाअघि अनुहारमा कालोमोसो दलेर प्रदेश सभालाई सम्बोधन गरेपछि अन्सारी चर्चामा आएका थिए । रास्वपामा प्रवेश गरेसँगै उनले पुराना नेताहरुले मुलुकलाई नेतृत्व गर्न नसक्ने भएकाले वैकल्पिक शक्तिसँग मिल्नुपरेको बताएका छन् ।

टिप्पणीहरू