सुटुक्क गुण्डु पुगेका देउवाका मान्छेको हातमा टिकट

सुटुक्क गुण्डु पुगेका देउवाका मान्छेको हातमा टिकट

नेपाली काँग्रेसका युवा नेता अबुल अन्सारी नेकपा (एमाले) प्रवेश गरेका छन् । आज बिहान गुण्डु पुगेका उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । त्यसबेला सचिव महेश बस्नेत पनि थिए ।

केही दिन अघिसम्म काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा चर्को अभिव्यक्ति दिएका अन्सारी एमालेमा प्रवेश गरेपछि यतिबेला काँग्रेसपंक्ति नै आश्चार्यमा परेको छ । अन्सारी आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाटै उम्मेद्वार बन्न चाहन्थे । तर पार्टीले टिकट दिने सम्भावना नदेखेपछि उनी गुण्डु पुगेका हुन् ।

एमालेमा प्रवेश गरेपछि अन्सारीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को टिकट हातम थमाइदिएका थिए ।

टिप्पणीहरू